पहिरोमा बेपत्ता वृद्धको शव फेला
सोमबार, २९ भदौ २०७७, १२ : २५
अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।
बागलुङकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि आज बिहान फेला परेको हो । मृतक पौडेल परिवारका पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।
स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो । पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय