शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको त्रिशुली अस्पतालले माग्यो कर्मचारी

सोमबार, २९ भदौ २०७७, १३ : ०८
सोमबार, २९ भदौ २०७७

काठमाडौं । बागमती प्रदेश मातहतको त्रिशुली अस्पताल (नुवाकोट)ले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । सो अस्पतालमा कोभिड–१९ आइसोलेशन वार्ड र एचडीयू तथा आईसीयू सञ्चालन तथा व्यवस्थापनका लागि करार सेवामा कर्मचारी माग गरिएको हो ।
सूचनाअनुसार एमडी एनेस्थेसियोलोजिस्ट १, मेडिकल अफिसर १, स्टाफ नर्स १० र पारामेडिक ३ जना माग गरिएको छ ।  
इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सूचित गरिएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप