शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केटीएमद्वारा बीएस६ मोडल २०२०को नयाँ रेन्ज लन्च गर्दै, २०० ड्यूकमा अपग्रेड

सोमबार, २९ भदौ २०७७, १५ : ११
सोमबार, २९ भदौ २०७७

काठमाडौं । प्रीमियम मोटरसाइकल ब्राण्ड केटीएमले आज बीएस६को नयाँ मोडल २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ ।

२०२० केटीएम २०० ड्यूकलाई पुरै तवरले अपग्रेड गरिएको छ । जुन शानदार १२९० सुपर ड्यूक—आरबाट प्रेरित छ । यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ । तथा यसको पुरै बनावटलाई नयाँ रुप दिएको छ । 

यो बाइक डुअल–च्यानल एबीएस र एलइडी डीआरएलएस जस्तो एकदम नयाँ सुविधाहरुले भरिपूर्ण भएको कम्पनीले दावी छ । यी नयाँ सुविधाहरुको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, डीओएचसी, ४–भल्भ इञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, उन्नत डब्लुपी सस्पेन्शन तथा आकर्षक देखिने स्वींग आर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पोनेन्ट छ । जसले बाइक चलाउने बेला ज्यादै आनन्द तथा तीव्र गतिले मोडिने क्षमता प्रदान गर्छ । यसमा अर्को प्रमुख सुधार भनेको फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । 

जसबाट चालकले ३०% अतिरिक्त दुरीसम्मको आनन्दलिन सक्छन् । केटीएम २००ड्यूक यस श्रेणीमा सबैभन्दा ज्यादा अर्थात् २५ पीएसको पावरले भरिपूर्ण छ तथा आउटगोइङ्ग मोडलको रुपमा १९.३एनएम टर्क उत्पन्न गर्न सक्छ । डुअल–च्यानल एबीएसको साथ बिल्कुलै नयाँ २०२० केटीएम २०० ड्यूक २ नयाँ रङ्गको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्द हुनेछ । जसको प्रारम्भीक मूल्य पाँच लाख ३९ हजार नौं सय तोकिएको छ ।

कर्नर रकेटको नामले लोकप्रिय, २०२० केटीएम ३९० ड्यूक बाइक चलाउँदाको रोमाञ्चक अनुभवले उपभोगकर्तालाई आफ्नो मूल्यको सही भ्यालु दिन्छ भने पूरै जोश र फूर्तीको साथ ह्याड्लिङको कुरामा यो अतुलनीय भएको कम्पनीले दावी छ । पावर र तौलको तुलनामा निकै हलुका, ज्यादै शक्तिशाली अनि अत्याधुनिक प्राविधिकले सुसज्जित यो बाइकले एक रोमाञ्चक सवारीको ग्यारेन्टी दिन्छ । 

चाहे शहरको सडकहरुमा बाइक चलाइरहेको होस्् या ज्यादै घुमाउरो मोडल भरिएको पहाडको बाटो याकुनै जंगलको बाटोमा गइरहेको होस् । केटीएम ३९० ड्यूक पहिलेदेखि नै राइड–बाय–वायर, स्लीपर क्लच, सुपरमोटोको साथ डुअल–च्यानल एबीएस, टीएफटी डिस्प्ले र एलइडी हेडल्याम्प जस्ता प्रिमियम सुविधाहरुको साथ उपलब्ध छ । यो मेशिनमा यस श्रेणीको सबैभन्दा धेरै अर्थात् ४३.५ पीएसको पावर छ र यसले ३७ एनएम टर्क उत्पन्न गर्दछ ।

यस बाहेक २०२० केटीएम ३९० ड्यूक अब क्विक सिफ्ट्ेड प्लसको साथमा उपलब्ध हुनेछ । जसको प्रयोग अहिलेसम्म सुपर बाइकहरुमा मात्र हुने गथ्र्यो । बाय–डाइरेक्सनल क्विक सिफ्ट्ेड प्लसको प्रयोग यस श्रेणीमा पहिलो पटक गरिएको हो, जसले चालकलाई क्लच लीबरको प्रयोग नगरी गियरलाई बडाउन वा घटाउन, दुवै तर्फ शिप्mट गर्न सक्षम बनाउँछ । सामान्य क्लच गियर क्विक सिफ्ट्ेड प्लसमा बाइकको पावर कम हुँदैन तथा तीव्र गतिले गियर शिप्mट गर्न सम्भव हुन्छ ।

२०२० केटीएम ३९० ड्यूक आठ लाख ४९ हजार नौं सयको प्रारम्भीक मूल्यमा शोरुममा उपलब्ध हुनेछ । यो बाइक एकदमै नयाँ ग्राफिक डिजाइनको साथ २ एकदमै नयाँ रङ्गहरु–सिल्वर मेटालिक र सेरेमिक व्हाइटमा उपलब्ध हुनेछ ।

ओपन–कार्टि«ज, अपसाइड–डाउन डब्लुपी फोर्क, स्लीपर क्लच, र प्री–लोड एड्जस्टेबल मोनो सक जस्ता दमदार एवं शानदार विशेषताहरुले भरिपूर्ण यो बाइक धेरै तीव्रएवं फूर्तीलो छ र ३० पीएसको दामदार पावरको साथ २४ एनएम टर्क उत्पन्न गर्दछ । नयाँ २०२० केटीएम २५० ड्यूकको स्ट्याण्डर्ड बाइक सुपर मोटोको साथ डुअल–च्यानल एबीएसले सुसज्जित छ, अनि यो मोडल २ नयाँ रङ्ग–सिल्भर मेटालिक र डार्क गैलभानोको साथ छ लाख ३९ हजार नौं सयको प्रारम्भीक मूल्यमा शोरुममा उपलब्ध हुनेछ ।

केटीएमको आरसी रेन्जले, केटीएमको “रेडी टू रेस”को विशिष्ट भावनालाई दर्शाउँछ, जुन हरेक तरहको सडकको लागिउपयुक्त छ । आरसी मोडलको बाइकको स्टाइल आजको जमानाको स्ट्रीट–रेसर्सको अनुरुप छ, तथा केटीएमको मोटो जीपी फ्याक्ट्री रेसर्सबाट प्रेरित छ । यस रेन्जमा समावेश आरसी ३९० र आरसी२०० बिल्कुलै नयाँ रङ्गहरु र ग्राफिक्सको साथउपलब्ध छ । २०२० केटीएम आरसी २००को स्ट्याण्डर्ड बाइकको डुअल–च्यानल एबीएसको साथ अपग्रेड गरेको छ । यस श्रेणीको सबै बाइक बीएस६को अनुरुप छ र पावर एवं टर्कको अनुरुप प्रदर्शन मापदण्डलाई कायम राखेको छ । 

“रेडी टू रेस”को सिद्धान्त अनुरुप, मोटरस्पोर्ट्सको क्षेत्रमा केटीएमको साम्राज्य अद्वितीय छ, जस अन्तर्गत वर्ष १९५३ देखि आजसम्म ६६ साललामो अवधिमा ३०० भन्दा बढी वल्र्ड च्याम्पियनशिपमा सहभागीभइसकेको छ । नेपालको लागि केटीएम बाइकको एक मात्र आधिकारिक विक्रेता हन्सराज हुलास चन्दले सन् २०१२ मा नेपालमा केटीएम ल्याएको थियो र त्यस पश्चात् यो देशकै सबैभन्दा मन पराइएको बाइकमध्ये एक बन्न सफल रहेको सबैलाई अवगत नै छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप