शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केरुङ नाकामा झण्डै १ वर्षदेखि अर्बौँको सामान अलपत्र, यस पटकको दशैँ पूरानै कपडामा

सोमबार, २९ भदौ २०७७, १५ : १३
सोमबार, २९ भदौ २०७७

काठमाडौं । नेपालीहरुको महान चाड धमाधम भित्रिने तरखरमा छ । तीज बन्दाबन्दी मै वित्यो भने दशै तिहार नजिकिँदै छ । तर, यस पटकको दशैंमा भने स्टक सामानकै भर पर्नुपर्ने भएको छ । नेपाली बजारमा ९० प्रतिशत कपडा चीनबाटै आयात हुने गरेको छ ।  चिनियाँ कपडाले सबै वर्ग समुहलाई छोएको छ ।

चिनियाँ उत्पादनकै कारण सस्तोमा न्यानोदेखि शितल खालका कपडा समेत लगाउन निम्न वर्गका मानिसहरु सक्षम भएका छन् ।  तर त्यही चीनबाट आउने सामान नै झण्डै विगत एक वर्षदेखि नाकामै अस्तव्यस्त अवस्थामा पुगेको छ । व्यवसायीहरुले अहिले सोही सामान काठमाडौ भित्र्याउन कुटनीतिक र राजनीतिक तहबाट पहल गरिरहेका छन् । 

विगत १० महिनादेखि १२ सय कन्टेनर केरुङ नाकामै रोकिँदा चीनबाट नयाँ सामान आउने सम्भावना न्यून छ । मालसामानका ती कन्टेनर काठमाडौ भित्र्याउन व्यवसायीहरु राजीतिक तहमै हारगुहार गर्न पुगेका छन् ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले यसपटकको दशैंमा चीनबाट नयाँ सामान आउने सम्भावना नरहेको बताउँछन् । दशैतिहार भन्ने वित्तिकै नयाँ–नयाँ कपडा, मिठो खाने कुरा, आफन्तजनबाट टीका ग्रहण गर्ने समय भन्ने बुझिन्छ ।  तर, यस पटकको दशैमा नयाँ होइन स्टक सामान तथा कपडाकै भर पर्नुपर्ने देखिएको छ ।

नेकपाको प्रवक्तालाई पहिले ध्यानाकर्षण बुझाएका व्यवसायीले हिजो मात्रै  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ ज्ञापनपत्र बुझाए भने आज  डा.बाबुराम भट्टराइलाई ज्ञापनपत्र बुझाउँने महासंघका अध्यक्ष कटवालले बताए ।  आफुहरुले कन्टेनर ल्याउन परराष्ट्र मन्त्रालयमा कुटनीतिक पहल गर्दा समेत सम्भव नभएपछि राजनीतिक पहल सुरु गरेको कुटुवालको भनाई छ ।

यता नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेस अग्रवाल कोरोनाका कारण यसपटकको चाडबाडमा खासै रौनक नहुने र नयाँ समानको माग पनि निकै न्युन रहेको बताउँछन् । यदि सामान्य अवस्था हुँदो हो भने झण्डै ४० प्रतिशत बिक्री हुने समय हो । तर माग नै नभएपछि बिक्री समेत नभएको अग्रवालको भनाई छ ।  ‘नयाँ सामान भन्दा पनि यसपटकको दशै तिहारनै यस्तो होला जस्तो छ’ उनले भने । 

केरुङ नाकाको सामान ल्याउन नपाए आन्दोलन गरिने

झण्डै एक बर्षदेखि केरुङमा अलपत्र कन्टेनर भित्र्याउन राजनीतिक तहमा व्यवसायीहरुले लबिङ गरिरहेका छन् । राजनीतिक तहको लविङबाट पनि काम नचले आन्दोलनमै जाने चेतावनी व्यवसायीहरुले दिएका छन् । महासंघका अध्यक्ष कटुवालले अब पनि समयमै सामान भित्र्याउन नसके आन्दोलनमा जाने जानकारी गराए  । 

महासंघले कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि व्यवसाय ठप्प भएकोले घरभाडा र बैंकको ब्याज भुक्तानी गर्न नसकेको भन्दै मिनाहा गर्न समेत माग गरेका छन् ।  कोभिडपछि व्यापार व्यवसायलाई सूचारु गर्नका लागि विनाधितो ऋण उपलब्ध हुने व्यवस्थाको माग व्यवसायीले गरेका छन् । व्यवसाय नै ठप्प भएको अवस्थामा सरकारले आफुहरुलाई कर तिर्न भनिरहेकाले त्यसलाई रोक्न र आन्तरिक विषयहरुमा छुट दिन पहल गरिदिनुपर्ने व्यवसायीको भनाइ छ । 

पुरानै कपडामा यसपालिको दशैं

कोरोना महामारीका कारण अहिले पनि निषेधाज्ञा जारी छ । जोर विजोर प्रणालीमा सवारी साधनको अवागमन भइरहेको छ । यद्यिप, आर्थिक गतिविधि नहुँदा व्यापार व्यवसाय पनि मन्दीतर्फ धकेलिएको छ । धेरैजसो मानिसहरु यसपटक चाडपर्वका लागि किनमेल गर्न बजार निक्लन चाहाँदैनन कारण कोरोनाको डर ।

वनस्थलीमा बस्ने अन्जु पराजुली यसपटक दशैंको सपिङ गर्ने मनस्थितिमा छैनन् । उनी पोहोरकै कपडाबाट यसपटकको दशै उम्काउने पक्षमा छिन् ।  उनी मात्र होइन तिनकुनेकी सृजना कार्कीलाई पनि यसपटक सपिङ गर्ने मनसाय छैन । उनी जस्ता कैयौं मानिस कोरोनाका कारण नयाँ कपडा किन्ने सोचमा छैनन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप