बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपल्लो डोल्पासहित पश्चिम नेपालमा खाद्यान्नको अभाव, हवाईमार्फत ढुवानीको तयारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल ४ वटा टेन्डर गर्दै
सोमबार, २९ भदौ २०७७, १८ : ४१
सोमबार, २९ भदौ २०७७

काठमाडौं । दशैँ–तिहारजस्ता ठूला चाडवाड नजिकिँदैं गर्दा पश्चिम नेपालका दुर्गम क्षेत्रमा भने खाद्यान्नको अभाव देखिन थालेको छ । उत्तर–पश्चिम क्षेत्रका कर्णाली प्रदेशको उपल्लो (माथिल्लो) डोल्पासहित पश्चिम बाजुरा, अछाम लगायतका तीन–चारवटा दुर्गम जिल्लाहरुमा खाद्यान्न दाल चामको अभाव देखिएको हो ।

उक्त क्षेत्रहरुमा पहिलेको स्टक(मौज्दात) सकिँदै गएको र थप आपुर्ति हुन नसक्दा खाद्यान्नको अभाव देखिन थालेको हो । वर्षामा आएको बाढी, पहिरोसँगै ती जिल्लासँग जोड्ने बाटो घाटो तथा पुल पुलेसाहरु भत्किँदा खाद्यान्न ढुवानीमा समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । पश्चिम दुर्गम क्षेत्रबाट खाद्यान्नको अभाव हुन थालेको भन्ने सूचना आएपनि ढुवानीको समस्याका कारण आपूर्ति हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवन्ध निर्देशक नेत्रप्रसाद सुवेदीले जाकारी दिए ।  तर, सो क्षेत्रमा तत्काल खाद्यान्न ढुवानी गर्ने गरी खाद्यले प्रक्रिया अघि बढाइसकेको सुवेदीको भनाई छ । 

‘प्रमुखतः अहिले खाद्यान्नको समस्या कर्णाली प्रदेशमा माथिल्लो डोल्पा र सुदर पश्चिम अछाम र बाजुरा लगायतका केहि ३–४ जिल्लामा देखिएका छन् । पश्चिम अछाम र बाजुरामा करिब करिब ढुवानी भइसकेको अवस्था छ । कूल २ हजार मेट्रिकटनको माग रहेकोमा झण्डै आधाजस्तो खाद्यान्न सो क्षेत्रमा पठाइसकेका छौं । बाँकी आधा पनि अब छिट्टै पठाउने तयारीमा छौं ।’

महानिर्देशक सुवेदीले भने, ‘प्रमुखतः अहिले समस्या माथिल्लो डोल्पामा देखिएको छ । माथिल्लो डोल्पाका ३–४ स्थानमा खाद्यान्न अभाव देखिन थालेको सूचना आएको छ । सो क्षेत्रमा पनि आवश्यकताका आधारमा आपत्कालिन हवाई तथा हेली नै प्रयोग गरेर भने पनि खाद्यान्नको ढुवानी गर्ने तयारी खाद्यले गदैछ’ सुवेदीले भने ।

त्यसो त यसअघि हुम्ला जुम्ला, मुगु, जाजरकोट तथा माथिल्लो डोल्पाका सीमावर्ती क्षेत्रमा उत्तर चीन (तिब्बत) बाट समेत खाद्यान्न आपूर्ति भइरहेको थियो । तर कोभिड–१९ पछि चीनले समेत सो क्षेत्रमा आपूर्ति रोकेपछि खाद्यान्नको समस्या पर्न थालेको हो । अहिले खाद्यले सो क्षेत्रमा हवाई तथा हेलीसहित खच्चडको समेत प्रयोग गरेर खाद्यान्न आपूर्ति गर्ने तयारी गरिरहेको छ । 

हवाईसेवा उपलब्ध हुने क्षेत्रसम्म हवाईमार्फत खाद्यान्न ढुवानी गर्ने र त्योभन्दा माथि असम्भव क्षेत्रमा स्थानीय खच्चडको प्रयोग गर्ने खाद्यको तयारी छ ।  हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीका पश्चिम केन्द्रहरु धनगढीमा १६ हजार ८ सय १६ कुइन्टल, राजपुरमा ३ हजार एक सय ३१ कुइन्टल, नेपालगञ्जमा २८ हजार ४ सय ८७ कुइन्टल र सुर्खेतमा १२ हजार ३ सय ८४ कुइन्टल खाद्यान्न मौज्दात रहेको छ । 

आवश्यक हुम्ला, जुम्ला, मुगु, जाजरकोट लगायतका जिल्लामा भने करिब ५ हजार कुइन्टल जति मात्र खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने अधिकारीले रातोपाटीसँग बताइन् । 

तत्काल ४ वटा टेन्डर गरिदैं
हाल खाद्यान्नको अभाव देखिएका तत्ततत्त क्षेत्रहरुमा तत्काल आपूर्ति व्यवस्था सहज गर्न खाद्या कम्पनी तत्काल ४ वटा टेन्डर गर्ने भएको छ । माथिल्लो डोल्पा सहित पश्चिम बाजुरा, अछाम, बजाङ्ग लगायतका क्षेत्रमा खाद्यान्न ढुवानी गर्न खाद्यले विशेष टेन्डर गर्ने भएको हो ।

यसका लागि तीन वटा टेन्डर यसअघि नै भइसकेको छ भने बाँकी एउटा डेन्टर पनि हुने क्रममै रहेको महानिर्देशक सुवेदीले रातोपाटीसँग बताए । त्यसो त खाद्यले चालू आर्थिक वर्ष २०७७/७८ का लागि विभिन्न सेक्टर गरी कूल १६९ स्थानमा खाद्यान्न ढुवानीका लागि डेन्डर गरिसकेको छ । 

गत महिना भएको टेन्डरबाट कूल १२८ वटा कम्पनीहरु छानिएका छन् । उक्त १२८ कम्पनीहरुसँग खाद्यले भोलि मंगलबार नै सम्झौता गर्ने तयारी गरेको छ । बाँकी टेन्डर भने, पुनः प्रक्रिया पु¥याएर एक हप्ताभित्र सार्वजनिक गरिने महानिर्देशक सुवेदीले बताए । कूल टेन्टरमा प्रक्रिया नपुगेका तथा बदर भएका टेन्डरहरुका लागि पुनः टेन्डरमा जान लागेको सुवेदीले जानकारी दिए । खाद्यले प्रत्येक वर्ष देशभर खाद्यान्न ढुवानीका लागि टेन्डर गर्ने गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप