शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेखासँग भयो रिया चक्रवर्तीको तुलना, श्रीमानले आत्महत्या गरेपछि के मात्रै भनिएन

मङ्गलबार, ३० भदौ २०७७, ०८ : ५२
मङ्गलबार, ३० भदौ २०७७

सुशान्त सिंह राजपूतको मुद्दामा रिया चक्रवर्तीको मिडिया ट्रायलमा थुप्रै सेलिब्रिटीको प्रतिक्रिया आएको छ । थुप्रैले उनको समर्थन पनि गरेका छन् । अब चर्चित गायिका चिन्मयी श्रीपदाले रियाको तुलना दिग्गज नायिका रेखाको मिडिया ट्रायलसँग गरेकी छिन् ।

चिन्मयी श्रीपदाले ट्वीटरमा एक पोस्ट सेयर गरेकी छिन् जसमा रेखाको आत्मवृत्तान्तका केही अंश छन् । यो पोस्टमार्फत् चिन्मयीले मानिसहरुलाई सन् १९९१ मा रेखाका श्रीमान् मुकेश अग्रवालले आत्महत्या गर्दा रेखालाई धेरैले बोक्सी भनेका थिए । यासर उस्मानद्वारा लेखिएको रेखाको बायोग्राफी ‘रेखाः द अनटोल्ड स्टोरी’ मा रेखालाई आफ्ना श्रीमान् मुकेश अग्रवालको आत्महत्याका लागि कसरी दोषी ठहर गरिएको थियो भनेर जानकारी दिइएको छ ।

के लेखिएको छः

२ अक्टोबरमा मुकेशले आत्महत्या गरेका थिए । उनले रेखाको सलले पासो लगाएका थिए । रेखालाई मुकेशको डिप्रेशनबारे विवाह पछि मात्रै थाहा भएको थियो ।

भारतमा त्यतिबेला ‘विच हन्ट’ चल्यो । भारतीयले रेखालाई के मात्रै भनेनन्, उनलाई ‘मान्छे खाने’ समेत भनियो ।

मुकेशकी आमाले मिडियामा आएर भनिन्, ‘त्यो बोक्सीले मेरो छोरालाई खाइ । भगवानले उसलाई कहिले पनि माफी नदिउन् ।’

मुकेशका भाइ अनिल गुप्ताले भने, ‘मेरा दाइले रेखालाई साँचो प्रेम गर्नुहुन्थ्यो । उहाँले रेखाका लागि जे पनि गर्न सक्नुहुन्थ्यो । रेखाले उहाँमाथि जे गरिरहेकी थिइन् सहन सक्नुभएन । अब उनले के चाहन्छिन्, के उनको नजर हाम्रो सम्पत्तिमा छ ?’

सुभाष घइले लेखे, ‘रेखाले पूरा फिल्म इन्डष्ट्रिको अनुहारमा कालो मोसो दलेकी छिन् जुन सजिलै मेट्न सकिन्नँ । मलाई लाग्छ कि यो पछि कोही पनि इज्जतदार परिवारले कुनै पनि नायिकालाई आफ्नो परिवारको बुहारी बनाउनु अघि चार पटक सोच्नेछ । अब रेखाको करियर पनि समाप्त भएको बुझ्नुहोस् । कोही पनि समझदार निर्देशकले रेखालाई आफ्नो फिल्ममा लिने छैनन् किनभने दर्शकले अब रेखालाई ‘भारतकी नारी’ वा ‘न्यायकी देवी’ को रुपमा स्विकार गर्ने छैनन् ।’

अनुपम खेरले भने, ‘रेखा अब राष्ट्रिय भ्याम्पायर बनिसकेकी छिन् । मैले बुझ्न सकेको छैन कि यदि उनी मेरो सामुन्ने आइन् भने मैले कस्तो प्रतिक्रिया दिनेछु ।’

मुकेशले आत्महत्या प्रकरणका लागि मडियामा ‘द ब्ल्याक विडो’, ‘मुकेशको आत्महत्या पछाडिको भयानक वास्तविका’ जस्ता हेडलाइन लखिएको थियो । दिल्लीको हाई सोसाइटी र बम्बेको फिल्म इन्डष्ट्रिले मुकेश अग्रवालको मृत्युका लागि रेखाको निन्दा गरे । सन् १९९० देखि २०२० सम्म, ३० वर्ष पूरा भएको छ र त्यस्तै घटना, त्यस्तै प्रतिक्रिया  ।

चिन्मयीले यसलाई सेयर गर्दै लेखिन्, ‘यो अपत्यारिलो छ कि रेखा यी सबबाट कसरी बचिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप