मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा पत्ता लाग्यो कोरोनालाई निष्क्रिय बनाउने औषधि

मङ्गलबार, ३० भदौ २०७७, १३ : २८
मङ्गलबार, ३० भदौ २०७७

युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले  कोरोनालाई निस्क्रिय बनाउने उपचार विधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । 

यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो । 

सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्त्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन । 

‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २ बाट संक्रमणबाट जोगाउन पनि काम लाग्नेछ,’ सहलेखक जोन मेल्लोर्सले भनेका छन्,‘ ठूलो आकारका एन्टीबडीहरुले अन्य संक्रामक रोगका लागि काम गरेका छन् र त्यसलाई सहन पनि सकिएको पनि छ, जसले हामीलाई यो आशा दिएको छ कि यो औषधि कोभिड–१९ बिरामीहरुका लागि प्रभाकारी हुनसक्छ । त्यस्तै कहिल्यै संक्रमित नभएका र यसविरुद्ध प्रतिरोधी नरहेका मानिसहरुको रक्षार्थ पनि यो महत्त्वपूर्ण हुनसक्छ ।’

रिपोर्टमा उल्लेख भएअनुसार युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एन्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याबोरेटरीको टोलीले एबी ८ को परीक्षण गर्दा यस औषधीले सेल्समा भाइरस प्रवेश गर्न रोकेको पाइयो । एबी ८ बाट उपचार गराएका मुसाहरुमा उपचार नगरेका मुसाहरुको दाँजोमा १० गुणा कम संक्रामक भाइरस पाइयो । 

स्रोत : फक्स न्यूज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप