शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यति फेरिइसके ९० का दशकका यी अभिनेत्री, हेर्नुहोस् ताजा तस्बिर

मङ्गलबार, ३० भदौ २०७७, १४ : १९
मङ्गलबार, ३० भदौ २०७७

बलिउड इन्डष्ट्रिमा ९० को दशकका केही यस्ता नायिका छन् जसले आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मनमा विशेष स्थान बनाएका छन् । यी सुन्दर नायिकामध्ये केही आजकाल लाइमलाइटबाट टाढा छन् । धेरैले भन्ने गर्छन्, ‘न त समय एउटै रहन्छ न रुप रङ्ग । यति बेला हरेक कलाकारको लुक र स्टाइल समयसँगै परिवर्तन हुनेगर्छ । यस्तै नै ९० को दशककी थुप्रै नायिका छन् जसको लुक पहिलेको भन्दा निकै फेरिइसकेको छ । आज हामी त्यस्तै नायिका बारे कुरा गरौं जसले अफ्नो सुन्दरताले दर्शकको मन जिते ।

१. ऐश्वर्या रायः

आफ्नो सुन्दरताका लागि चर्चित ऐश्वर्या राय बच्चनले सन् १९९७ मा तमिल फिल्म ‘इरुअर’ बाट डेब्यू गरेका थिए । त्यसपछि ऐश्वर्याले कहिले पनि पछाडि फर्केर हेर्नुपरेको छैन । ऐश्वर्या राय सन् १९९४ मा विश्व सुन्दरी बनेकी थिइन् । विश्व सुन्दरी बनेपछि ऐश्वर्याले फिल्मी दुनियाँमा अत्यधिक सफलता हासिल गरिन् । फिल्मी करियरमा उनले थुप्रै हिट फिल्ममा काम गरिसकेकी छिन् ।

काजोलः

९० को दशकको सर्वाधिक चर्चित नायिकामध्ये एक काजोलले सन् १९९२ मा फिल्म ‘बेखुदी’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । यद्यपि, सुरुवाती समयमा काजोलको लुक र स्टाइलको विषयमा उनको निकै आलोचना हुन्थ्यो । वर्षौं बितिसक्यो काजोल निकै सुन्दर देखिन्छिन् र पहिलेभन्दा निकै भिन्न देखिन्छन् ।

माधुरी दीक्षितः

माधुरी दिक्षित हिन्दी फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित नायिकामध्ये एक हुन् । अन्तिम पटक ‘कलंक’ मा देखिएकी थिइन् । ५३ वर्ष पुगिसकेकी माधुरी आफ्नो फिटनेसका लागि निकै सजग छिन् । उनी आफ्नो वर्कआउटको भिडियो सोसल मिडियामा सेयर गरिरहन्छिन् । माधुरीले फिल्म ‘अबोध’ बाट बलिउड इन्डष्ट्रिमा कदम राखिन् तर उनी फिल्म ‘तेजाब’ बाट चर्चामा आएकी थिइन् । त्यतिबेलादेखि अहिलेसम्म माधुरीको लुकमा आकाश–पातालको फरक छ ।

रबिना टन्डनः

९० को दशककी अर्की एक चर्चित नायिका रबिना टन्डनले आफ्नो फिल्मी करियरमा थुप्रै शानदार फिल्ममा काम गरिन् । रबिनाले सन् १९९२ मा रिलिज भएको फिल्म ‘पत्थर के फूल’ बाट बलिउडमा कदम राखिन् । रबिनाले सोसल मिडियामा आफ्नो फोटो र भिडियो पोस्ट गरेर सधैं प्रशंसकसँग कनेक्ट रहन्छिन् । रबिना टन्डन ९० को दशककी सबैभन्दा चर्चित नायिकामध्ये एक हुन् । रबिनाको लुक र स्टाइल पहिलेको भन्दा निकै फेरिइसकेको छ ।

जुही चावलाः

जुहीले हिन्दीबाहेक बंगाली, पंजाबी, मलयालम, तमिल, कन्नड र तेलुगू भाषाको फिल्ममा पनि काम गरेकी छिन् । जुहीले थुप्रै सुपरहिट फिल्ममा काम गरिन् र आफ्नो अभिनयले दर्शकको मन जितिन् । जुहीको लुक र स्टाइल सेन्स उत्कृष्ट छ । ५२ वर्षको उमेरमा पनि उनी फिट र असाध्यै राम्री देखिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप