शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकामा ६७६ र देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि (विवरणसहित)

कोरोनाबाट थप ११ को मृत्यु
मङ्गलबार, ३० भदौ २०७७, १६ : ३६
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् । 
मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्लै गएका छन् । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए । 


उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप