फ्रान्समा थप कडाई
पेरिस । कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो ।
सोमबार घोषणा गरिएका नयाँ प्रतिबन्धहरु मार्से र बोर्डो शहरमा लागू हुँदैछन् । यी दुई शहरमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या एकाएक बढेको छ । क्षेत्रीय स्वास्थ्य सेवामा पनि संक्रमितका कारण दबाब बढेको छ । बोर्डो शहरमा एकजना वरिष्ट सरकारी अधिकारीले १० जनाभन्दा बढी व्यक्ति सार्वजनिक पार्कमा भेला हुन निषेध गरेका छन् भने नदी र बीचमा पनि पनि मानिसलाई आवतजावत हुन रोक लगाइएको छ ।
साथै मनोरञ्जनात्मक कृयाकलापहरु र छिमेकीहरुबीच भेला समारोह गर्न बन्देज गरिएको छ । केन्द्र सरकारले ५००० सम्म मानिस भेला हुन पाउने छुट दिए पनि बोर्डो शहरमा यस्तो भेला १००० मा सीमित गरिएको छ । यो सीमा रंगशाला र कन्सर्ट तथा प्रदर्शनका सन्दर्भमा लागू हुनेछ ।
फ्रान्सकै दोस्रो ठूलो शहर मार्सेमा पनि बोर्डोझैं प्रतिबन्धहरु अघि सारिएका छन् । फ्रान्सको स्वास्थ्य विभागले शनिबार मात्र २४ घण्टाको अवधिमा देशभर १० हजार नयाँ कोरोना संक्रमित फेला परेको जनाएको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा