शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने सरकारको निर्णय

मङ्गलबार, ३० भदौ २०७७, १९ : ५३
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।  नेपाल प्रहरीको परीक्षा प्रक्रियामा गइसकेकाहरुको भर्ना र नयाँ भर्ना खोल्न बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले रातोपाटीलाई जानकारी दिए ।  गत चैत अगाडि लिखितको नतिजा निस्किएका जवानहरुको अन्तरवार्ता लिन बाँकी रहेको उनले बताए । 

उनले भने– ‘लकडाउन जारी भएपछि परीक्षामा उर्तिण जवानहरुको अन्तरवार्ता लिने काम रोकिएको छ । इन्सपेक्टरको परीक्षाका लागि पनि फर्म भरेका छन् । उनीहरुको पनि कसैको जाँच भयो कसैको बाँकी छ । इन्सपेक्टरको परीक्षा सुरु मात्र गरेको थियो, लकडाउन भइहाल्यो । सिपाहीको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिन बाँकी थियो ।’

प्रहरीमा वार्षिक रुपमा नियमित खोल्नुपर्ने भर्नाको कार्यक्रम पनि बाँकी रहेको छ । प्रत्येक बर्ष कोटाका आधारमा सिपाई, असई, इन्सपेक्टरको भर्ना खोल्न बाँकी रहेको प्रवक्ता कठायतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप