ओलम्पियन नयना दम्पतिलाई कोरोना
काठमाडौं । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् । शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।
पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताएकी छिन् । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताइन् ।
पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् । तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छिन् । शाक्यले आठौं दक्षिण एशियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा