केन्द्रीय संस्करण

रुसमा भारत र पाकिस्तानबीच हङ्गामा, अजित डोभाल बैठक बहिष्कार गरेर बाहिरिए

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

एजेन्सी । रुसमा मंगलबार आयोजित संघाई सहयोग संगठनका सदस्य राष्ट्रको राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकमा पाकिस्तानले आफ्नो नयाँ नक्सा प्रयोग गरेपछि हंगामा भएको छ । बैठकमा पाकिस्तानले केही महिनाअघि सार्वजनिक गरेको नयाँ नक्सा प्रयोग गरेको थियो । जुन नक्सालाई भारतले काल्पनिक नक्सा भन्दै आएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकमा नयाँ नक्सा प्रयोग (पेश) गर्नेवित्तिक्कै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारअजित डोभालले बैठक नै बहिष्कार गरेका छन् ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार जानी बुझीकनै एक काल्पनिक नक्सा बैठकमा पेश गरेको आरोप भारतीय विदेश मन्त्रालयले लगाएको छ । उक्त नक्सालाई केही महिनाअघि मात्र पाकिस्तान सरकारले स्वीकृत गरेको थियो । जसको पाकिस्तानले अहिले प्रचार गरिरहेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ कि पाकिस्तानले बैठकको नियम उल्लंघन गरेको छ, नियम उल्लंघन गरेकै कारण बैठक बहिष्कार गरिएको हो । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले अगष्टको सुरुमै आफ्नो देशको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सामा पाकिस्तानले लद्धाख, जम्मु–काश्मिरको सियाचिन र गुजरातसँग जोडिएको जूनागढ लगायतका क्षेत्रलाई आफ्नो दाबी गर्दै नक्सामा समेटेको छ । भारतले पाकिस्तानको उक्त कदम र नयाँ नक्सालाई अस्वीकार गर्दै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.