बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिल शर्मा हरेक एपिसोडको लिन्छन् यति पारिश्रमिक, कृष्णा र भारतीको कति होला ?

बुधबार, ३१ भदौ २०७७, १० : २१
बुधबार, ३१ भदौ २०७७

कमेडी शो ‘द कपिल शर्मा शो’ नरुचाउने सायदै कम होलान् । कपिल शर्मा शोका स–साना भिडियो क्लिपले थुप्रै पटक हसाउने गर्दछ तर पछिल्लो पटक एउटा भिडियो निकै चर्चित भएको छ । उक्त क्लिपमा उदित नारायण पाहुनाको रुपमा आएका छन् । एक एपिसोडका लागि उदित नारायणले एक करोड भारु लिने गरेको कुरामा कपिल शर्माले केही भनेनन् त्यसैले थुप्रै स्थानमा उनको पारिश्रमिकको चर्चा सुरु भयो । स्मरण रहोस्, कपिल शर्मा इन्डष्ट्रिमा सबैभन्दा धेरै आयकर बुझाउनेहरुको सूचीमा समावेश छन् ।

‘द कपिल शर्मा शो’ सँग जोडिएका कलाकार र सेलब्रिटीको पारिश्रमिकको विषयमा एक अन्तरवार्तामा कपिल शर्माको शो बन्द भएपछि लाखौं रुपैयाँको क्षती भएको बताइएको थियो । वास्तवमा सुरुमा कपिल शर्मा एक एपिसोडका लागि ६० देखि ७० लाख भारु लिने गर्दथे ।

तर शो बन्द भएपछि जब पुनः सुरु भयो तब सबैभन्दा बढी कपिल शर्मालाई क्षती भयो । उनको पारिश्रमिक घटेर १५–२० लाख भारु भयो । ‘कमेडी नाइट्स विद कपिल शर्मा’ बन्द भएपछि ‘द कपिल शर्मा शो’ सुरु भयो । उनको पारिश्रमिक करिब तीन गुणासम्म कम गरियो । कार्यक्रमको निर्माताको रुपमा सलमान खानले उनलाई साथ दिए । शोमा सलमान खानले लगानी गरे । यस्तै कृष्णा अभिषेक र भारतीको पारिश्रमिक पनि कम छैन । स्रोतका अनुसार कृष्णा अभिषेक र भारती सिंहको पनि अत्यधिक फ्यान फलोविङ भएका कारण करिब १० लाख पारिश्रमिक लिने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप