शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

बुधबार, ३१ भदौ २०७७, १० : ३४
बुधबार, ३१ भदौ २०७७

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहितस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । 

उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ । 

 महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । 

उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोध सागर ढकाल, डा प्रमेश सुन्दर श्रेष्ठलगायतको टीम संलग्न रहेको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको  छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप