शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड-१९ को रोकथाममा सघाउन डब्ल्यूएचओद्वारा विश्व समुदायलाई आग्रह

बुधबार, ३१ भदौ २०७७, ११ : ५५
बुधबार, ३१ भदौ २०७७

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन्।

मंगलबार उनले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताएका छन् । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पु¥याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ ।

कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप