शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१५ जना रोयल गार्डसहित हिमाल चड्न नेपाल आए बहराइनका राजकुमार (तस्बिरहरु)

बुधबार, ३१ भदौ २०७७, १२ : २८
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १८ जनाको टोली बुधबार नेपाल आएको छ । लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत सो टोली नेपाल आएको हो । 

टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन् । यस्तै अन्य २ जना रहेका छन् ।  बहराइनस्थित नेपाली दूतावासका अनुसार सो टोलीले लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्य लिएको छ । टोली शेख इशा एयरबेसबाट विशेष विमानमा मंगलबार राति नेपालका लागि प्रस्थान गरेको थियो । 
 
बहराइनका  लागि नेपाली राजदूत पदम सुन्दासले लगभग २ महिना समयावधिको कार्यक्रम सहित नेपाल प्रस्थान आएको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिँदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको बताए । 

सो टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा गत भदौ १४ गतेको  मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । 

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै पछिल्लो १५ दिनदेखि क्वारेन्टिनमा रहेका थिए भने कोरोना परीक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि नेपाल प्रस्तान गरेका थिए । 

उनीहरुलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले प्रस्थान पूर्व पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए ।  भेटमा सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप