बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एप्पलले थुप्रै नयाँ विशेषतासहित लञ्च गर्‍यो एप्पल वाच तर नयाँ आइफोन आएन

बुधबार, ३१ भदौ २०७७, १३ : ३७
बुधबार, ३१ भदौ २०७७

संसारभरीका प्राविधि प्रेमीका लागि विशेषगरी एप्पल ग्याजेट प्रयोग गर्नेहरुका लागि मंगलबार राती विशेष रह्यो ।

कोरोना भाइरस महामारीको यो समयमा एकातिर जीवन लगभग रोकिएको छ भने मंगलबार राती आयोजना भएको कार्यक्रमले मानिसहरुलाई थुप्रै नयाँ कुरा दिलायो । विशेषगरी स्वास्थ्यका लागि । नेपाली समयानुसा मंगलबार राती करिब ११ बजे एप्पलले एक भर्चुअल कार्यक्रमा थुप्रै नयाँ प्रोडक्ट सार्वजनिक गरे ।

यसमा सबैभन्दा विशेष रह्यो वाच सिरिज जसलाई पर्सनलाइज्ड वर्कआउट सब्सक्रिप्सन फिटनेस प्लससहित लञ्च गरियो ।

बीबीसीका अनुसार यो सर्भिसले प्रयोगकर्तालाई ती भिडियो सूचीबाट वर्कआउट छान्ने अनुमति दिन्छ जुन आइफोन, आइप्याड वा एपपल टिभीमा चलाउन सकिन्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले हरेक हप्ता नयाँ–नयाँ वर्कआउट पाउनेछन् । वर्कआउटको क्रममा प्रयोगकर्ताले आफ्नो फिटनेस डाटा आइफोन वा आइप्याडमा हेर्न सक्नेछन् ।

फिटनेस प्लसको सिधा प्रतिस्पर्धा आइओएसमा पहिले नै भएका फिटनेस एप्स जस्तै पेलोटोन, लेस मिल्स र फिटसहित हुनेछ । भविष्यमा यसले फिटबिटलाई पनि चुनौती पेश गर्ने अनुमान गरिएको छ । धेरै मानिसहरुले एप्पलले मोबाइलको नयाँ रेन्ज लञ्च नगर्ने पहिले नै अनुमान लगाइसकेका थिए ।

एप्पलले उक्त कार्यक्रममा अर्को आइफोनको विषयमा कुनै पनि जानकारी साझा गरेनन् । पछि आयोजना हुने अन्य समारोहमा यो लञ्च गरिनेछ ।

योग  र डान्सः

आफ्ना थुप्रै प्रतिद्वन्द्वी झैं फिटनेस प्लस ती मानिसहरुका लागि निकै प्रभावकारी साबित हुनसक्छ जो प्रतिस्पर्धाको भावनाले वर्कआउट गर्छन् ।

मार्केटबारे जानकारी दिने कम्पनी सिसिएस इनसाइटका लियो गेबी भन्छन्, ‘स्वास्थ्यमाथि निगरानी राख्नु, एप्पलका लागि मुख्य फोकस बनेको छ । र यसको नयाँ सेवा फिटनेस प्लस यो क्षेत्रमा यका कनै पनि अन्य उत्पादनको तुलनामा धेरै सफल हुने संकेत दिन्छ ।’

फिटनेस प्लसलाई हालका लागि ६ देशमा लञ्च गरिनेछ । जसमा बेलायत र अमेरिकामा यो यस वर्षको अन्त्यसम्म लञ्च हुनेछ । फिटनेस प्लसका लागि प्रयोगकर्ताले प्रति महिना १० पाउन्ड तिर्नुपर्नेछ ।

वैकल्पिक रुपमा यसलाई अन्य एप्पल सेवासहित खरिद गर्न सकिन्छ । जस्तै आइक्लाउड स्टोरेज, आर्केड भिडियो गेम र एप्पल म्युजिक । यो एक स्ट्यान्डअलोन सर्भिस हो जसलाई परिवारका अन्य सदस्यले पनि प्रयोग गर्न सक्नेछन् ।

अक्सिजन मनिटर फिचरः

एप्पलले यो मौकामा स्मार्टवाचका दुई नयाँ रेन्ज पनि लञ्च गरे । वाच सिरिज सिक्स र वाच एसई ।

यसमा एसई कम अझ भनौं सस्तो मूल्यमा उपलब्ध मोडल हो । वाच सिरिज सिक्समा ब्लड अक्सिजन सेन्सर छ जुन ती परिस्थितीलाई सम्हाल्नका लागि हुन् जसले मुटु वा फोक्सोलाई  असर पार्नसक्छ ।

यसले नेक्स्टजेन वाचले क्उइद्द लाई पनि मापन गर्न सक्षम छ जसले प्रयोगकर्ताको रगतमा रेड ब्लड सेल्समा अक्सिजनको मात्रा कति छ भनेर जानकारी दिन्छ ।

एप्पलले यो स्वास सम्बन्धि समस्याको सुरुवाती लक्षणको पहिचान गर्न सहायक साबित हुनसक्छन् । यद्यपि, यसमा लेखिएको निर्देशन–सूचनामा स्पष्ट अक्षरमा भनिएको छ कि यो चिकित्सकीय प्रयोगका लागि होइन ।

यद्यपि, यो सुविधा पहिलो भने होइन । सामसङ, ह्वावे र फिटबिटले पहिले नै स्मार्टवाच बेचिरहेका छन् जसले यस्ता सुविधा प्रदान गर्दै आएका छन् ।

यस्तै नयाँ लञ्च भएको एसईको सेन्सर नयाँ नभएको र प्रोसेसर पनि स्लो भएको बताइएको छ । यति हुँदा हुँदै पनि यसमा यस्ता थुप्रै विशेषता छन् जुन असाध्यै महँगो मोडलमा हुने गर्छन् ।

यसमा स्लिम ट्र्याकिङ र बालबालिकालाई विशेष ध्यानमा राखेर तयार पारिएको एक विशेष सुविधा फ्यामिली सेट–अप पनि छ ।

वाच सिरिज सिक्सको मूल्य करिब ५६ हजार रुपैयाँबाट सुरु हुन्छ भने एसईको मूल्य ४० हजार रुपैयाँ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप