बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा हालसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, ३१ भदौ २०७७, १६ : २३
बुधबार, ३१ भदौ २०७७

बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । 

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । आज  १०,४९४ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।  यसैबीच  कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप