बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिपायलमा कार्यरत ४० सैनिकलाई कोरोना संक्रमण

बुधबार, ३१ भदौ २०७७, १६ : ३९
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिकास्थित सुल्लेकमा कार्यरत नेपाली सेनाका ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप ४० जनालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 

दिपायलमा शुरुमा १८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । शुरुमा संक्रमण देखिएको पाँच दिनपछि क्लोज कन्ट्याक्टमा रहेका सैनिकको पिसिआर जाँच गरिएको थियो । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा उनीहरुरुको स्वाव परीक्षण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप