शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्यु भएका मानिसको कोरोना परीक्षण गर्न पर्दैनः स्वास्थ्य मन्त्रालय

बुधबार, ३१ भदौ २०७७, १७ : ५१
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पिसिआर नगराउने निर्णय गरेको प्रक्वतmा डा.प्रा जागेश्वर गौतमले बताए । कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको मृत्यु भएमा स्वाब संकलन गरेर परीक्षण हुने गरेको थियो ।  

प्राडा गौतमले अबदेखि शवबाट नमुना निकाली कोरोना परीक्षण नगर्न र नगराउन आग्रह गरे । शकांस्पद मानिसको मृत्यु भएमा शव व्यवस्थापन गर्ने सबै मानिसलाई सावधानी अपनाउन र सम्पर्कमा आएकाहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न उनले आग्रह गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप