शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्यारा बाबुबाट छोरी बलात्कृत

बुधबार, ३१ भदौ २०७७, १८ : ४७
बुधबार, ३१ भदौ २०७७

दाङ । जिल्लामा १३ बर्षीया बालिका बलात्कार भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ति बालिका आफ्नै झट्केलो बुबाबाट यौन शोषणमा परेकी हुन् ।

पीडित पक्षले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत २ बर्षदेखि बालबालिकालाई यौन शोषण गर्दै आएका थिए ।

डरधम्कीका कारण घटना बाहिर भन्न नसकेका उनीहरुले पटक पटक बालिकामाथि यौन शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा उजुरी दिएको पत्रकार सम्मेलनमा पीडित बालिकाको परिवारले बताएका छन् ।

‘बालिका दुई बर्षदेखि पटक पटक यौन शोषणमा पर्दै आएकी रहिछ, तर डरका कारण हामीलाई भन्न नसकेकी रहिन्छ,’ पीडित बालिकाकी आफन्तले भने । यौन शोषणका कारण बालिकाकमा शारीरिक तथा मानसिक समस्या समेत देखा परेको छ ।

पीडित पक्षको उजुरी दिएपछि ६२ बर्षीय अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित यसअघि जेठी श्रीमतीको हत्या गरि कैद भुक्तानी गरि निस्किएका व्यक्ति हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप