शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोलि देशभरका अदालत बन्द हुने

बुधबार, ३१ भदौ २०७७, १९ : ३२
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । भोलि असोज १ गते देशभरका सबै अदालत बन्द हुने भएका छन् । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोक मनाउन सर्वोच्च अदालत, सबै उच्च अदालत र जिल्ला अदालतहरु बन्द हुने भएका हुन् । सर्वोच्च अदालतमा आज आकस्मिक रुपमा बसेको पूर्ण बैठकले सो निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली मिश्रले आज एक विज्ञप्ति निकाल्दै सो कुराको जानकारी दिएका छन् ।  

२०१३ साल जेठ ८ गते देखि ०१६ साल असार १५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेका सिंहको हिजो भदौ ३० गते साँझ निधन भएको थियो ।  सिंह बिक्रम संवत १९७६ साल माघ २० गते सप्तरीमा जन्मिएका थिए । २००३ सालमा बडाहाकिम भएर उनले सरकारी सेवा प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप