शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि चन्द्रागिरि केवलकार सञ्चालनमा आउँदै

बुधबार, ३१ भदौ २०७७, १९ : ५१
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । विगत  ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आउने भएको छ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार भाद्र २९ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयलाई टेकेर सञ्चालन गरिन लागेको चन्द्रागिरि हिल्सले जनाएको हो  ।

केही  महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरे संगै अहिले  निषेध आदेशबाट बन्द रहेको  नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा आउने  चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले बताए ।  ‘कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भोलि बिहीबारबाट सञ्चालनमा ल्याउने तयारी गरेका छौं’ शाहले भने ।

राजधानीमा जारी निशेध आदेश  र लकडाउन केही खुकुलो भएसँगै अहिले काठमाडौ उपत्यकाभित्रका विभिन्न व्यापार÷व्यवसाय पनि बिस्तारै चलायमान भइरहेका छन् । चन्द्रागिरि केबलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन पनि  तयारी थालिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

चन्द्रागिरि केवलकार सञ्चालन आएपछि एउटा कारमा ८ जना यात्रा गर्न पाईने छैन  भने अब देखि एउटा कारमा सामाजिक दूरी कायम गर्दै  चारजना मात्रै यात्रा गर्नुपर्ने कम्पनीले नियम कायम गरेको छ  । महाप्रबन्धक शाहले भने– ‘सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ ।’ उनले भने, ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा बिस्तारै सञ्चालन गरिनेछ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । निश्चित क्षमतामा मात्रै भए पनि सरकारको यस्तो निर्णयले कोरोनाले संकटको अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सकिने शाहाको दावी छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप