शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद प्रशिक्षणका गतिविधि सञ्चालनका लागि जोड

बुधबार, ३१ भदौ २०७७, २१ : ४७
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । ७ महिनादेखि खेलाडीले नियमित प्रशिक्षणलाई सहज तरिकाले गर्न पाएका छैनन् । १३ औं दक्षिण एसियाली खेलकुद सागपछि कतिपय खेलाडी प्रतियोगिता विहीन भए भने ओलम्पिकमा छनोट भएका केही खेलाडीको लक्ष्य पातलो हुँदै गएको छ । अन्य देशमा सहभागी हुने नेपाली खेलाडीका प्रतिस्पर्धीले मापदन्डभित्र रहेर खेललाई निखारी रहँदा नेपाली खेलाडी भने सरकारले दिने अभ्यास अनुमति कुरिरहेका छन् । 

सरकारले तोकको मापदण्डलाई पालना गर्दै लकडान र निषेधाज्ञाको बीचमा खेलाडी अभ्यासमा फर्किएका थिए । घरको सिमित वातावरणमा समेटिएका खेलाडी कोर्टमा फर्किदा हौसिएका पनि थिए । तर लगत्तै लागेको नषेधाज्ञाले खेलाडीलाई निराश बनायो । अहिले अवस्था केही खुकुलो बन्दै गएको छ । उद्योग, कल कारखाना देखी व्यवसायले मापदन्ड अपनाएर खोल्ने अनुमति पाए पनि भिडभाड हुने गतिविधि सञ्चालनमा आउन सकेका छैनन् । त्यो मध्येको खेलकुद क्षेत्र पनि फर्किन सकेको छैन । 

अन्य क्षेत्रमा खुकुलो अपनाएसँगै खेलकुद क्षेत्र फर्काउन पहल भइरहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार खेल क्षेत्र खुलाउने गरी सम्बन्धित पक्षसँग आफुले नियमित छलफल गरिरहेको उनले बताए । बढीमा अबको ७ दिनभित्रमा खेलकुद प्रशिक्षणका गतिविधिहरु पनि सञ्चालन गर्न सरकारले अनुमति दिनेमा उनले विश्वास व्यक्त गरे ।

मापदण्ड पालना गर्दै बी र सी डिभिजनको महिला लिग र राष्ट्रिय लिग सुरु गर्ने विषयमा पनि राखेपमा कुरा आइरहेकाले त्यो विषयमा पनि छलफल चलिरहेको उनले बताए । 

उपत्यकामा तत्काल सम्भव नभएपनि जुन खेलाडी जहाँ छ त्यही ठाउँमा प्रशिक्षणको वातावरण बनाउने र अवस्था सहज हुँदै गएपछि खेलाडीहरुलाई प्रशिक्षणमा सहभागित गराउनुपर्ने विषयमा छलफल चलेको सिलवालले बताए । अन्य खेलकुद गतिविधिहरु पनि अवस्थ हेरेर प्रशिक्षण सुरु गर्नुपर्ने र अहिलेको अवस्थामा पदकाधारी खेलाडीहरुलाई तत्काल प्रशिक्षणमा सामेल गराउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

विश्वका अन्य मुलुकहरुमा आफ्नै होस्टेल भएका कारण पनि खेल गतिविधिहरु सञ्चालनमा समस्या नभएको उनको भनाई छ । नेपालको सन्दर्भमा घरबाट वा डेरामा बसेर खेल्नुपर्ने अवस्था भएका कारण संक्रमण त्रास रहेको उनले बतए ।
नेपाली खेलाडी अभ्यासमा फर्किन आतुर छन् ।

शारीरिक हिसाबमा सन्तुलन रहन भए पनि खेलाडीको दिन नियमित प्रशिक्षको पर्खाइमा वितिरहेको छ । सागमा पाएको सफलता पछि ओलम्पिक लक्ष्य बनाएका खेलाडीको लागि स्वास्थ प्रोटोकल अपनाएर अभ्यासको वातावरण प्रवन्ध गर्नु पर्ने बताउँनुहुन्छ , राष्ट्रिय तथा अन्तर्राष्टिर्य खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ । सम्बन्धित मन्त्रालय र अन्य सरोकारवाला संघसंस्थाबीच समन्वयन हुन नसक्दा समस्या देखिएको उनले बताए ।

श्रेष्ठको भनाई जस्तै खेलाडी पनि खेल वातावरणको पर्खाइमा छन् । अन्तर्राष्ट्रिय स्तरमा विगतमा नेपाली खेलाडीले हात पारेको सफलतालाई जोगाउन भए पनि खेलाडीमा अभ्यासको टड्कारो छ । अभिभावक नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धीत संघले खेलाडीको विषयमा समयमा नै ध्यान दिन जरुरी छ । समयमा नै ध्यान नदिन नेपालको सहभागिता औपचारिकतामा पनि सिमित नहोस ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप