शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा श्राद्धको खाना खाँदा १ को मृत्यु, १८ जना बिरामी

बुधबार, ३१ भदौ २०७७, २२ : १०
बुधबार, ३१ भदौ २०७७

कैलालीमा श्राद्धको खाना खादा १९ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये स्थानीय सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु  भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

भदौ २८ गते श्राद्धको खाना खादा  गोदावरी नगरपालिका १० मालाखेतीका सबै व्यक्तिमा हैजाको लक्षण देखिएको अस्पतालले जनाएको छ । 

बिरामी परेकामध्ये तीन जनाको अत्तरियास्थित पद्मा अस्पताल, तीन जनाको धनगढी नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


 खीर, तरकारी, अचार र खाएका कारण झाडा पखाला तथा पेटको समस्या देखिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप