बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा शुक्रबारदेखि दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुँदै

बिहीबार, ०१ असोज २०७७, १२ : ०८
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । दोश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन अमेरिकामा शुक्रबारदेखि सुरु हुँदैछ । कोरोना महामारीकै बीच एनआरएनएको पहलमा सम्मेलन हुन लागेको हो ।
आयोजकका अनुसार ‘मिटिगेटिङ्ग पान्डेमिक थ्रो हेल्थ, रिसर्च, कोलाबोरेसन एन्ड एक्सन’ भन्ने मूल नारा रहेको यो सम्मेलनका प्रमुख अतिथि तथा वक्तामा नेपालका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल रहनेछन् । अन्य वक्तामा विश्व स्वास्थ्य संगठन र युनिसेफका ग्लोबल, रिजनल र कन्ट्री डाईरेक्टर, एनआरएनएका प्रेसिडेन्ट एवं एनआरएनए स्वास्थ्य समितिका सभापति डा. सन्जिब सापकोटा छन् ।

तीन दिनसम्म हुने सम्मेलन एनआरएनए आईसीसी, स्वास्थ्य समितिले आयोजना गर्न लागेको हो । यो विशेषतः संसारका ८० भन्दा बढी मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्यप्रति चासो तथा सरोकार राख्ने समिति हो ।
अहिले कोरोनाभाइरस (कोभिड–१९ ) को महामारीकै सन्दर्भमा केन्द्रित गरी सम्मेलन आयोजना हुन लागेको आयोजकको भनाइ छ । सम्मेलनमा डाक्टर, नर्स एवं स्वास्थ्य क्षेत्रका विभिन्न विधामा रुचि राख्ने नेपालीहरु, विज्ञ, वैज्ञानिकहरु, अनुसन्धानकर्ता लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहने जनाइएको छ ।

गत वर्ष अमेरिकाको जर्जियामा पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप