शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

बिहीबार, ०१ असोज २०७७, १२ : ३६
बिहीबार, ०१ असोज २०७७

रौतहट । रौतहटमा भारतसँगको सीमा नाकाहरुबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले दुई लाख उन्नपच्चास हजार छ सय पच्चास बराबरको साइकलको ट्युव, धान काट्ने हँसिया, ढोकाको ह्याण्डल, बच्चाहरुको विभिन्न किसिमको कपडा, मदिरा,  केराउल लगायतका  सर-सामानहरु प्रहरीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कार्यवाहीको लागि  बुधबार  गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप