मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर घटना : श्रीमती र छोराको हत्या गरेर २४ घण्टापछि आत्महत्या

बिहीबार, ०१ असोज २०७७, १६ : १४
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । मध्यपुर ठिमी नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका सुदीप अधिकारी दम्पत्ति र छोरा सुशान्तको शव परीक्षणको विस्तृत रिपोर्ट आएको छ । भदौ २६ मा साँझपख मृत फेला परेका श्रीमती - छोरा र सुदीपको मृत्यु २४ घण्टाको समय अन्तरमा भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।  

भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको शव परीक्षण रिपोर्ट अनुसार छोराको टाउकोमा ४ वटा चोट र सुशान्तको टाउकोमा तीन पटक दाउले हिर्काएको चोट देखिएको छ । सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट देखिएको छ ।

पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले सुदीपले २४ घण्टाअघि श्रीमती र छोराको हत्यापछि आफूले विष खाएर आत्महत्या गरेको निष्कर्ष निकालेका छन् ।

‘शव फेला परेको ४८ घण्टाअघि श्रीमती–छोरा र २४ घण्टाअघि सुदीपको मृत्यु भएको देखिएको छ,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले भने, ‘सुदीपले विष सेवन गरेको कुरा पोष्टमार्टमबाट पनि खुलेको हुनाले हत्यापछि आत्महत्या गरेको देखियो ।’

सुदीप डिप्रेशनमा थिए । घरमा झै–झगडा गरिरहने कुरा छिमेकीले पनि प्रहरीलाई बताएका छन् ।

सुदीपले भदौ २४ मा राति श्रीमती र छोराको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यापछि उनले दुवैको मोबाइल बिहान ४ बजेर १३ मिनेटमा एकैपटक अफ गरिदिएका थिए । भोलिपल्ट उनले विष खाएर आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । विषको दुई वटा बट्टा छतबाट बाहिर फालेको अवस्थामा प्रहरीले बरामद गरेको छ । 

उनीहरुको भि–सेरा परीक्षणका लागि नेपाल प्रहरीको सामाखुसी स्थित विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । भि–सेरा रिपोर्ट आउन बाँकी रहेको एसएसपी थापाले रातोपाटीलाई बताए ।    


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप