बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘पन्छी’ बनेर उड्दै आइन् एलिना

बिहीबार, ०१ असोज २०७७, १७ : ३३
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘पन्छी’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तीमा रहेको बेला एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको रहेको छ । सुदीप आत्रेयको शब्द र किरण माइकल घिमिरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ ।

फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्, नम्रता अर्याल, गणेश पौडेल, सन्तोषकुमार थीनलगायतले अभिनय रहेको छ । भिडियोमा निर्देशक अर्पणकै छायांकन र सम्पादन  समेत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप