शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार पुजारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

बिहीबार, ०१ असोज २०७७, १८ : १०
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । हृदयघातका कारण निधन भएका द्धन्द कलाकार सुरेशसिंह पुजारीको १३ औँ दिनको पुण्य तीथिमा श्रद्धाञ्जली कार्यक्रम आयेजना गरिएको छ । बिहीवार भोटेवहालस्थित सुरेशकै निवासमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा फिल्मकर्मी तथा उनका साथीभाईले सुरेशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा फिल्मकर्मीहरु रमेश उप्रेतीले  राजेन्द्र खड्गी, धिरेन शाक्य, उमेश खड्का, राजकुमार राई, सुर्य थोकर, पुस्कर लामा, पुरुषोत्तम प्रधान, एनबी महर्जनलगायतको सहभागिता भएका थिए । ५४ वर्षीय पुजारी झन्डै ३ दशकदेखि द्वन्द्व कलाकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका थिए । एक मिनेट मौन धारण गरि सुरु भएको कार्यक्रम कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै आधा घण्टामा समापन गरिएको थियो ।

पुजारीको गत भाद्र २० गते राजधानीको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । फिल्म नाताबाट कलाकारिता सुरु गरेका शुरेशले द्धन्द निर्देशक राजेन्द्र खड्गीको नेतृत्वमा रहेर करिब ३ सय फिल्ममा अभिनय गरेका  थिए । उनले २०६५ सालमा  फिल्म रणसंग्राम निर्माण गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप