शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीबाटै कोरोना परीक्षण सुरु : परराष्ट्रमन्त्रीद्वारा उद्घाटन

बिहीबार, ०१ असोज २०७७, १८ : ३३
बिहीबार, ०१ असोज २०७७

गुल्मी । विहीवारदेखि  गुल्मीमा पिसिआर मेशिनबाट स्वाब परीक्षण सुरु गरिएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सदरमुकाम तम्घासमा मेशिन उद्घाटन गरेका थिए । मन्त्री ज्ञवालीले ल्याएर आएको पिसिआर मेशिनले आज स्वाबको सफल परीक्षण गरिएको जिल्ला अस्पतालका सुपरिटेण्डेन डाक्टर उत्तम पाच्याले जानकारी दिए ।

मन्त्री ज्ञवालीले कोरोना भाईरसको संक्रमणको अन्त्यपछि जिल्ला अस्पतालका लागि उक्त मेशिन महत्वपुर्ण सम्पत्ति भएको र अन्य विमारको परीक्षणलाई पनि काम दिने बताए । 

 यसअघि साउन ३ गते मन्त्री ज्ञवालीले ल्याएर आएको पिसिआर मेशिनको प्राविधिक पक्षमा  विज्ञ जनशक्ति नभएका कारण  काठमाडौं पठाईएको थियो । मन्त्री ज्ञवालीले ल्याएको उक्त मेशिन कसैले बिग्रेको त कसैले नक्कली ल्याएको आरोप लगाएका थिए । 

यसबारे मन्त्री ज्ञवालीले भने, ‘त्यस्ता नकारात्मक हल्ला फैलाउनेहरुलाई मेरो भन्नु केही छैन । तर यति भन्न चाहन्छु कि लेख्नु भन्दा पहिला राम्रोसँग बुझी दिनुहोला ।   शब्दको निकै ठुलो महत्व छ । राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ । सकरात्मक कुरालाई पनि नकरात्मक भन्नु राम्रो होइन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप