बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा बन्यो ४० शैय्याको आइसोलेसन

बिहीबार, ०१ असोज २०७७, २० : ०३
बिहीबार, ०१ असोज २०७७

जनकपुर । कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै बिहीबार जनकपुरमा ४० शैय्याको सुविधा सम्पन्न आइसोलेसन बनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७  स्थ्ति राम जानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बनाइएको हो ।

महेन्द्रनारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य तथा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को सहयोगमा सो विद्यालय भवनमा आइसोलेसन निर्माण गरिएको छ । रामजानकी प्राथमिक विद्यालयमा बिजुली, पानी लगायतको व्यवस्थापन सहित सुविधा सम्पन्न आइसोलेसन बनाइएको नेविसंघका नेता सुजित मिश्रले जानकारी दिए ।

उनले कोरोना संक्रमणको अवस्था अहिले समाप्त नभएको अवस्थामा लामो दूरीको यातायातका साधनहरु समेत सञ्चालनमा आइसकेकाले भोलिको दिनमा संक्रमित बढ्नसक्ने अनुमान लगाउँदै यसको पूर्वतयारीको समेत आवश्यकता रहेको बताए ।

उनले यस्तो अवस्था आएमा जनकपुरमा आइसोलेसनको अभाव रहेकोले यस आईसोलेसनबाट कोरोना संक्रमितलाई स्वास्थ्य लाभ मिल्ने स्पष्ट पारे ।

कोरोनाको महामारी बढ्दै गएपछि महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले छुट्टै आइसोलेसन संचालनमा ल्याएको छ । आइसोलेसनमा बस्ने संक्रमितहरुका लागि विद्युत्, खानेपानी र शौचालयको समुचित व्यवस्थापनका साथ वाइफाई समेत जडान गरिएको नेता मिश्रले जानकारी दिए ।

नेपाली काँग्रेस धनुषाका सभापति महेशशंकर गिरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, नेपाली काँग्रेस क्षेत्र नम्बर–३ का सभापति कन्हैया लाल कर्ण, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साह, सानो पाइलाका राहुल झा लगायतका व्यक्तिहरुले नवनिर्मित आइसोलेसन सेन्टरको अवलोकन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप