बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओमानका नव नियुक्त उद्योगमन्त्री युसुफ र नेपाली राजदूत पराजुलीबीच भेटवार्ता

बिहीबार, ०१ असोज २०७७, २० : १३
बिहीबार, ०१ असोज २०७७

ओमनका नवनियुक्त व्यापार, उद्योग तथा लगानी प्रवर्द्धनमन्त्री काइस मोहम्मद अल युसुफ र  ओमनका लागि नेपाली राजदूत  सर्मिला पराजुली ढकालबीच भेटवार्ता भएको छ। व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयमा भएको भेटवार्तामा ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रीको रुपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई ज्ञापन गरेकी थिइन् ।

राजदूत ढकालले  व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री काइस मोहम्मद अल युसुफलाई नेपालको वर्तमानस्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराउदै नेपालमा वैदेशिक लगानीको उचित वातावरण श्रृजना भएकोले नेपालका जलविद्युत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन् जस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर रहेको बताउँदै लगानीका लागि विशेष अनुरोध गरेकी थिइन् ।

भेटवार्तामा मन्त्री काइस मोहम्मद अल युसुफले नेपालको जलविद्युत तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउँदे नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा विशेष प्राथमिकत दिने बताए। उनीहरूको भेटको क्रममा नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी  प्रबर्द्धनका लागि आवश्यक रणनीतिहरूका सम्बन्धमा पनि छलफल भएको थियो।

उक्त छलफलमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप