बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं ५ : प्रदेशसभाको बैठक मङ्गलबार बस्ने

बिहीबार, ०१ असोज २०७७, २० : ३१
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । प्रदेश नं ५ प्रदेशसभाको बैठक आगामी मङ्गलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनको २५ औँ बैठक यही असोज ६ गते अपराह्न १ः०० बजेका लागि बोलाइएको छ । 

बैठक तय भएपछि प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । 

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगन गरिएको थियो । 

यसअघि गत साउन १८ गते प्रदेशसभाको छैटौँ अधिवेशनको २४ औँ बैठक बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप