शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वागतका लागि तयार, सुरक्षासहित ! (फोटोफिचर)

शुक्रबार, ०२ असोज २०७७, ०९ : १०
शुक्रबार, ०२ असोज २०७७

लामो समयको बन्दाबन्दी र निषेधाज्ञापछि होटल व्यवसायहरु सञ्चालनमा आएका छन् । कोरोनाभाइरसको जोखिम कायम नै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले होटललगायत आर्थिक क्षेत्रहरु खुला गर्ने निर्णय गरेको हो ।

तर, स्थिति सहज भने छैन । देशमा कोरोनाभाइरसका संक्रमित दिनहुँ रेकर्ड स्तरमा वृद्धि भइरहँदा सञ्चालनमा आएका होटलहरुलाई आफ्ना कर्मचारी र पाहुनालाई संक्रमणबाट जोगाउन सुरक्षाका उपायहरु अपनाउनु पर्ने थप जिम्मेवारी थपिएको छ ।

सरकारले खुला गर्ने निर्णय गरेपछि होटलहरुले आफूलाई कसरी सञ्चालनमा ल्याउँदैछन् त ? हामीले काठमाडौँको धुम्बाराही होटल अकामा र एयरपोर्ट होटलमा गएर त्यहाँ गरिएको प्रबन्धबारे बुझेका थियौँ ।

हामी त्यहाँ पुग्दा होटललाई निःसंक्रमण गर्ने काम भइरहेको थियो । त्यस्तै, सामाजिक दुरी कायम गर्नका लागि उचित व्यवस्था तथा सुरक्षाका उपायहरुको व्यवस्था गरिएको पायौँ ।

हेरौँ केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप