शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ ११ गतेदेखि आउँदै

शुक्रबार, ०२ असोज २०७७, ०९ : ५६
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । इजाजतप्राप्त नयाँ निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो आईपीओ जनरल इन्स्योरेन्सले ल्याउने भएको छ । सो कम्पनीले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पुर्याउन असोज ११ गतेदेखि ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने जनाएको हो ।

३० करोड बराबरको ३० लाख कित्ता शेयरमध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी हुन आउने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री हुनेछ । अहिलेको बाँडफाँट प्रणाली अनुसार सो शेयर कुल २ लाख ७३ हजार जनालाई १०–१० कित्ताको दरले वितरण हुनेछ ।

२ वर्षअघि स्थापित जनरल इन्स्योरेन्सले हाल देशभरका ३९ शाखामार्फत् कारोबार सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७/७६ मा ३३ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेर पनि घाटामा रहेको कम्पनीले गतवर्ष भने २.२५ रुपैयाँ बराबरको प्रतिशेयर आम्दानी गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

आगामी ३ वर्षभित्र इन्स्योरेन्सले ३० रुपैयाँ प्रतिशेयर आम्दानी हासिल गर्ने लक्ष्य लिएको छ । गतवर्ष १०१.७६ रुपैयाँ नेटवर्थ भएको कम्पनीको शेयर १ सय १ रुपैयाँदेखि ३ सय ५ रुपैयाँसम्ममा कारोबार हुन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप