शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाओमी मी ४एक्स र मी एलईडी टिभी ४ए प्रोका साथ नेपालको स्मार्ट टिभी श्रेणीमा प्रवेश

शुक्रबार, ०२ असोज २०७७, १३ : ३४
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैं उत्सवको लाभ लिँर्दैै दुईवटा नयाँ उत्पादन— मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ । योसँगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ । कम्पनीले आज यी दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ ।

मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करण
मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा ४के १०—बिट एचडीआर डिस्प्ले सुविधा छ जसलाई शाओमीको इन—हाउस इमेज प्रोसेसिंग अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ । एक वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २०वाट्ट स्पिकर डल्वी अडियो र डीटीएस एचडीको लागि प्रमाणित छन् ।

मी टिभी ४एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँदछ ।

मी एलईडी टिभी ४ए प्रो (४३)
यो नयाँ मी एलईडी टिभी ४ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ । यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाट्टको स्टेरियो सेटअप छ जसले डीटीएस—एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठुलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी दुईवटा आकर्षक टिभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियोमा एक नयाँ श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं । हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भुत अनुभव प्रदान गर्ने आशा राख्दछौं । मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ र सबैको दर्शनका लागि हाम्रो नविनतामा अडिक रहन्छ । यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।”

उपलब्धता
-मी टिभी ४एक्स (५५) २०२० संस्करण रु.६४,९९९ मा उपलब्ध हुनेछ
-मी एलईडी टिभी ४ए प्रो (४३) रु.३९,९९९ मा उपलब्ध हुनेछ
-दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रि-बुकिंग शुरु हुन्छ र मी एलईडी टिभी ४ए प्रो (४३) सेप्टेम्बर २५ (असोज ९ गते) र मी टिभी ४एक्स (५५) २०२० संस्करण ३० सेप्टेम्बर (असोज १४ गते) बाट अफलाइनमा उपलब्ध हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप