मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा धनुषाद्वारा संविधान दिवसको विरोधमा कार्यक्रम घोषणा

शुक्रबार, ०२ असोज २०७७, १९ : २८
शुक्रबार, ०२ असोज २०७७

जनकपुर । जनता समाजवादी पार्टी नेपालले संविधान दिवसमा भाग नलिने जनाउँदै विरोध कार्यक्रम सार्वजनिक गरेको छ । 

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञिप्त जारी संविधानमा रहेको विभेदकारी एवम् त्रुटिपुर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गरी संविधान संशोधनद्वारा सच्याउनका लागि देशको प्रमुख स्थानहरुमा शान्तिपुर्णरुपमा विरोध कार्यक्रमहरु आयोजना गर्न आम जनसमुदाय र पार्टी संगठनहरुलाई आह्वान गरिएको छ ।

सोही अनुसार जसपा धनुषाले ब्लैक आउटसहितका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसपाका धनुषाका अध्यक्षद्वय प्रमोद यादब र पशुपति यादवद्वारा जारी गरिएको विज्ञप्ति अनुसार असोज ३ गते जनकपुरको जनक चोकबाट दिउँसो ४ बजे विरोधी र्याली निकाल्ने र साँझ ६ः३० बजेदेखि ६ः४५ बजेसम्म १५ मिनेटसम्म ब्लैक आउट गर्ने उल्लेख छ ।

२०७२ असोज ३ मा संविधान जारी भएको थियो । सोही दिन मधेसवादी लगायतका दलहरुले संविधानमा मधेसको मुद्दा सम्बोधन नभएको भन्दै यसलाई कालो दिनको रुपमा मनाउदै आएको छ ।

तर प्रदेश नम्बर २ को सत्ताधारी जसपा नेपालले प्रदेश सरकारको संचालन गरेदेखि असोज ३ गतेको दिनमा विरोधाभाष अभिव्यक्ति तथा व्यहावर प्रदर्शन गर्दै आएको राजनीतिक विश्लेषकहरुको आरोप समेत छ ।

सोही संविधानलाई टेकेर सत्ताको हरेक संयन्त्रको प्रयोग गर्दै आएका अहिलेको जसपाले सोको विरोध गर्नु भनेको हात्तीको देखाउने र खाने दाँत रहेका यूवा नेता सुशिल कर्णको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप