बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुग्यो

शनिबार, ०३ असोज २०७७, १० : ३३
शनिबार, ०३ असोज २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको छ ।  शुक्रबार विभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ८ सय १७ पुगेको हो ।

सकृय संक्रमितमा अछाम ६६, बैतडी ६५, बझाङ्ग ५९, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला ९, डोटी ११९, कैलाली ४३०, र कंचनपुर ५१ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ६, अछाम १५, बैतडी २, बझाङ्ग १ र डोटीमा १ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  अछाम  १, बझाङ्ग २, बाजुरा २ र कैलालीमा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए ।

 योसंगै  प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७२४ पुगेको छ । बिभिन्न अस्पतालबाट थप १० जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ७२४ पुगेको उनले बताए ।

त्यसैगरी बिभिन्न अस्पतालहरुमा ५१ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा १५, टिकापुर ४, महाकाली १७, अछाम १०, डोटी २  र डडेल्धुरामा ३ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् । 

प्रदेशका ९ वटै जिल्लामा ९९ आइृसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन । सो बेडमा २ सय ५९ पुरुष र १ सय ७ म्हिला र होम आईसोलेसनमा २ सय ४९ जना रहेको  स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीको भनाई छ । 

७५ हजार ८३० नमुना जाच मध्य ६ हजार ५५३ जनामा संक्रमण फेला परेको छ भने ६९ हजार २७७ नमुना भने  नेगेटिभ आएको  छ ।  अझै १ हजार ५३१  नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप