भोकको मलामी
शनिबार, ०३ असोज २०७७, १९ : ०३
-मनोज कार्की
बिहानै नाम्लो लिएर
बिहानै रिक्सा लिएर
ठेला वा गाडा लिएर
निस्कने गरेका भोकहरु
आज आफै मरणासन्न छन्।
उठ्नु परेको छैन हातमा ठेलाहरु
बस्नुपरेको छैन थाप्लामा राता डामहरु
न त कम्मरमा पटुका नै कस्नु परेको छ
यति धेरै सुख दिने हजुरीमा दिँदै सलामी
खालि पेट आज गईरहेछ
भोकको मलामी।
डालाका दाल, चामल अनि पिठो सम्झेर
कोक्रोका दूध, दबाई अनि लिटो सम्झेर
जिन्दगीका जिजीबिषा सारा गर्दै चलानी
खालि पेट आज गइरहेछ
भोकको मलामी।
कुद्नु परेको छैन मृगतृष्णा फड्को मारि
खेल्नु परेको पनि छैन भिडसँग पौठेजोरी
न त जिउ पसिनाले निथ्रुक्क पार्नै परेकोछ
सम्झेर चपाएको चामल अनि चौलानी
खालि पेट आज गईरहेछ
भोकको मलामी।
बराहक्षेत्र, सुनसरी l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको सत्तामा हाम्रो नेपाली पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
-
मन्त्री बन्न र सत्ता जोगाउन बागमतीमा ५ बुँदे निर्णय
-
सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर
-
‘डमरू’ जस्तो सङ्घीयताले राजनीतिक अस्थिरता बढायो : राजेन्द्र श्रेष्ठ