बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने

शनिबार, ०३ असोज २०७७, २० : २८
शनिबार, ०३ असोज २०७७

काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएको छ । संविधान दिवस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

यस अवसरमा एनआईसी एशिया बैंककले राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु-याउँदै आएका छन् ।

यस बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन् । साथै उनले भिजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप