बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी राशिहरुका लागि शुभ छ आइतबार

आइतबार, ०४ असोज २०७७, ०६ : १८
आइतबार, ०४ असोज २०७७

वि.सं.२०७७ साल असोज ०४ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–तृतीया,१० घडी २६ पला,बिहान ०९ बजेर ५८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–चित्रा,०० घडी ५५ पला,बिहान ०६ बजेर १३ मिनेट उप्रान्त स्वाती । योग–ऐन्द्र,२९ घडी १९ पला,बेलुकी ०५ बजेर ३५ मिनेट उप्रान्त वैधृति । करण–गर,बिहान ०९ बजेर ५८ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ४५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–तुला । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान ३० घडी २३ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  टिम परिचालन गरी व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुनेयोग रहेकोछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेकोछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुदा मनग्गे धन कमाउँन सकिनेछ । जीवन साथीको सहयोगले महत्वपुर्ण कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा आर्थिक सहयोग हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कूल कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेकोछ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।
 
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन् । पैत्रिक धन तथा सम्पतीमा बिवाद आउने योग रहेकोछ भने दाजुभाईसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखी हुनेछ । अरुकै पछी लागेर हिड्नाले उपलव्धी नहुने तथा आफ्ना कामहरु थाती रहनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।
 
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथिभाई तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला आज गरीने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुन अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नसोचेको धन सम्पति हात लाग्ने गतिलो योग रहेकोछ । व्यापार व्यावसायमा समय लगानी  गर्नेहरुले मनग्गे धन सम्पति संग्रह गर्न सक्नेछन् । बिद्यामा समय दिए अनुशार राम्रै नतिजा ल्याउन सकिनेछ । माया प्रेममा अबिश्वास सिर्जना भएपनि अन्ततर एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा पुरानो समस्या बल्झन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप