बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पेरिसको सबैभन्दा अग्लो भवन चढ्दै गर्दा पक्राउ, पाँच वर्षअघि नेपालको झण्डा बोकेर चढेका थिए एक व्यक्ति

आइतबार, ०४ असोज २०७७, १० : २८
आइतबार, ०४ असोज २०७७

उचाईसँग डर लाग्छ ? यदि लाग्छ भने तपाईंलाई यो भिडियो हेर्दा डर लाग्न सक्छ । किनभने एक व्यक्ति सुरक्षाको कुनै उपकरण बिना नै पेरिसको सबैभन्दा अग्लो भवन चढेका छन् । झट्ट हेर्दा यस्तो लाग्छ कि ती व्यक्तिले आफूले आफैंलाई ‘स्पाइडर म्यान’ नै ठानेका छन् । यद्यपि, ती व्यक्तिलाई यो घातक व्यवहारका लागि प्रहरीले पक्राउ गरेको छ ।

भवनको उचाई ६९० फिटः

रिपोर्टका अनुसार जुन भवनमा ती व्यक्ति चढेका छन्, त्यसको नाम त्यगच ःयलतउबचलबककभ हो । यसको उचाई करिब ६९० फिट बताइएको छ । ती व्यक्तिले बेलुकी तिर भवन चढ्न सुरु गरेका थिए र उनलाई प्रहरीले करिब ८ बजे पक्राउ गरेको हो ।

आएफिल टावरभन्दा होचो छ भवन

उक्त भवन आइफिल टावरभन्दा अग्लो त होइन तर त्यो शहरको एक्लो अग्लो भवन हो । जब यी व्यक्ति भवन चढेका थिए तब थुप्रैले उनको भिडियो क्यामरामा कैद गरेर सोसल मिडियामा सेयर गरे । यी व्यक्तिलाई धेरैले ‘स्पाइडर म्यान’ को संज्ञा दिएका छन् ।

सन् २०१५ मा भएको थियो यस्तैः

यसअघि सन् २०१५ मा फ्रान्समा ‘स्पाइडर म्यान’ भनिने एलेइन रोबर्टले नेपालको झण्डा बोकेर यहि भवन चढेका थिए । ती व्यक्तिले यसो गरेर आफूले नेपालमा २०७२ सालको विनाशकारी भूकम्पमा मारिएकाहरुलाई श्रद्धाञ्जलि दिन चाहेको बताएका थिए ।

स्रोतः फ्रान्स २४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप