केन्द्रीय संस्करण

बेलायतमा आइसोलेशनमा नबस्नेले १५ लाख जरिवाना तिर्नुपर्ने

person explore access_timeअसोज ४, २०७७ chat_bubble_outline0

लन्डन । पछिल्लो साता बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएपछि सरकारले कडा नियम लागू गर्न थालेको छ । कोरोना संक्रमित पोजिटिभ भएकाहरु सेल्फ आइसोलेशनमा नबसेको पाइएमा करिब १५ लाख रुपैयाँसम्म (१० हजार पाउण्ड) जरिवाना तिर्नुपर्ने समाचारमा जनाइएको छ । 

आउँदो सेप्टेम्बर २८ बाट यो नियम लागू गरिने सरकारले घोषणा गरेको छ । यसअघि आइसोलेशनमा बस्ने निर्देशिका जारी गरिएको भएपनि अब यसलाई अनिवार्य रुपमा लागू गरिने भएको छ ।
 नियम उलंघन दोहोरिँदै गएमा जरिवाना पनि सोहि अनुरुप डब्लिदै जाने र सो रकम एक हजार पाउँददेखि १० हजार पाउण्डसम्म हुने बताइएको छ । आफ्ना कामदारलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिन बेवास्ता गर्ने रोजगारदाताले पनि जरिवाना तिर्नुपर्नेछ ।

नयाँ नियमअनुसार निम्न आय भएकाको सेल्फ आइसोलेसन बस्नुपरेमा एक मुष्ट ५ सय पाउण्ड सम्म रकम प्राप्त गर्नेछन् । कोरोना भाइरससँग लड्नको लागि कडा नीति र यसको पालना नै महत्वपूर्ण भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।  

पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या र नयाँ संक्रमितको संख्या गत मे महिना पछिकै सबैभन्दा उच्च कायम भएको छ । युरोपमा समेत कोरोनाको दोस्रो तरंगको प्रभाव बढ्दै गर्दा बेलायतमा समेत कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको हो । 

बढीमा ६ जनासम्म मात्र सामाजिक भेटघाट गर्न पाउने नियम यसअघि नै सरकारले लागू गरिसकेको छ । शनिबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सर २२ जनामा नयाँ संक्रमणको पुष्टि भएको थियो । 

यसैगरी २४ घन्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।  यो संख्या गत मे पछिकै सबिभंदा उच्च रहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयाए’ ले जनाएको छ । 

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ७ सय ५९ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९० हजार भन्दा बढी पुगेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.