शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कारोबार सुरु नहुँदै नेप्से २३ अङ्कले बढाइयो

आइतबार, ०४ असोज २०७७, ११ : २४
आइतबार, ०४ असोज २०७७

काठमाडौँ । कारोबार सुरु नहुँदै नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २३ अङ्कले बढेको छ । प्रिओपनिङ सेसनमा हुने कारोबारको नाममा बजार परिसूचक एकैपटक २३ अङ्कले बढेर १ हजार ५ सय ९५ अङ्कबाट कारोबार सुरु भएको हो ।

बिहीबार बजार बन्द हुँदा बजार १ हजार ५ सय ७२ अङ्कमा रोकिएको थियो । दुई दिन बजार बन्द भएपछि आइतबार खुलेको बजारमा परिसूचक एकैपटक १ हजार ९ सय ९५ बाट सुरु भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले बिहान १०ः३० देखि ११ बजेसम्म प्रिओपनिङ सेसनको नाममा कारोबार गर्दै आएको छ । यो अवधिमा अस्वाभाविक कारोबार गरेर शेयर बजारमा चलखेल गर्ने गरिएको छ । केही दिनअघि सोही सेसनमा ४४ अङ्क बढेर कारोबार गरिएको थियो । बजार बन्द हुँदा भने बजार परिसूचक घटेको थियो ।

त्यसो त बजार बन्द हुँदाको कारोबारभन्दा २० करोड रुपैयाँ बढी कारोबार भएको पाइएपछि नेप्सेले नै चलखेल गरेको आरोप समेत लगानीकर्ताहरुले लगाएका छन् । नेप्सेको चलखेल र कारोबार व्यवस्थापन प्रणाली (टीएमस) मा देखिएको समस्याबारे अर्थ मन्त्रालयले चासो व्यक्त गरे पनि नेप्से सुध्रिएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप