शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहकर्मी बलात्कार आरोपमा प्रशासकीय अधिकृत पक्राउ

आइतबार, ०४ असोज २०७७, ११ : ५०
आइतबार, ०४ असोज २०७७

काठमाडौँ । बलात्कारको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकामा प्रशासकीय अधिकृत भानुभक्त उपाध्याय रहेका छन् । 

२४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिए । 

ती महिलाले उपाध्यायविरुद्ध जाहेरी दिएकी थिइन् । उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको डीएसपी विष्टले बताए । उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप