शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोबोटले गर्‍यो क्यान्सरको शल्यक्रियाः चाँडै ठिक भए बिरामी, पहिलो घटना

आइतबार, ०४ असोज २०७७, १३ : २५
आइतबार, ०४ असोज २०७७

एक रोबोटले डाक्टरको तीन समूहसँग मिलेर क्यान्सर बिरामीको शल्यक्रिया गरेको छ । कुनै क्यान्सर बिरामीको यस्तो प्रकारको यो पहिलो शल्यक्रिया हो । रिपोर्टका अनुसार यो अचम्मको प्रयोगका कारण बिरामी निको हुने समयमा एक तिहाईको कमी आयो ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले नोरफोक एन्ड नरविच युनिभर्सिटी अस्पतालका डाक्टरले शल्यक्रियाको तीन चरण एकैपटक पूरा गरिने निर्णय गरे । तसर्थ डाक्टरको तीनै समूह र रोबोटले एकै समयमा शल्यक्रियाको प्रक्रिया सुरु गरे ।

डेली मेलमा छापिएको रिपोर्ट अनुसार डाक्टरहरुले एड्भान्स रेक्टल क्यान्सरसँग जुधेका ५३ वर्षीय बिरामीको शल्यक्रियाको काममा जुन रोबोटलाई लगायो उसको नाम दा भिन्सी एसआई हो । रोबोटको चारैवटा हातमा शल्यक्रिया गर्न प्रयोग गरिने उपकरण दिइएको थियो र डाक्टरले त्यसलाई जोयस्टिक र थ्रीडी स्क्रिनमार्फत् नियन्त्रण गरेका थिए ।

यो शल्यक्रिया जुलाई महिनामा गरिएको थियो तर योसँग सम्बन्धित जानकारी अहिले प्रकाशित भएको छ । शल्यक्रियामा कूल १४ डाक्टरले भाग लिएका थिए । विशेषज्ञलाई विश्वास गर्ने हो भने यो प्रयोगले भविष्यमा थुप्रै सर्जनले एकैपटक शल्यक्रिया गर्नका लागि बाटो खुल्नेछ ।

यसअघि एडभान्स रेक्टल क्यान्सरको जटिल शल्यक्रिया भिन्न भिन्न समयावधिमा हुन्थ्यो । एउटा समूहले काम पूरा गरेपछि अर्को टिम बिरामीको शल्यक्रियामा जुट्दथे जसमा १२ घण्टा लाग्थ्यो । तर यसपटक १० घण्टाभन्दा पनि कम समयमा शल्यक्रिया भयो । बिरामीको निको हुने समयमा कमी आयो । यसका लागि बिरामी २१ दिनसम्म अस्पतालमा बस्नुपर्दथ्यो भने यसपटक बिरामी ७ दिनपछि नै डिस्चार्ज भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप