शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा पाश्र्वचित्र सार्वजानिक

आइतबार, ०४ असोज २०७७, १६ : ०८
आइतबार, ०४ असोज २०७७

मोरङ । प्रदेश नं १ को प्रदेश पाश्र्वचित्र सार्वजनिक गरिएको छ ।  प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुको विभिन्न स्रोतबाट प्रकाशित तथ्याङ्कलाई सो पुस्तकभित्र समावेश गरिएको छ ।  

यसैगरी प्रदेशको आधारभूत सूचनाको एकीकृत वस्तुस्थिति विवरण तयार पार्नु, नेपालको विभिन्न सूचकको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्नु र प्रदेश तथा स्थानीय तहका योजना, नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक आधारभूत सूचना उपलब्ध गराउनु  पुस्तकको ध्येय रहेको छ । 

मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको उपलक्ष्यमा प्रदेश सरकार र प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘प्रदेश पाश्र्वचित्र तथा वार्षिक विकास कार्यक्रम आर्थिक वर्ष २०७७/७८’ नामक पुस्तक सार्वजनिक गर्दै प्रदेश सरकार जनताले चाहेको विकास र समृद्धि पस्कन सक्षम रहेको बताए । प्रदेश निर्माण भएको अवधिदेखि अहिलेसम्म विकास कार्यमा सरकार सही दिशातर्फ अगाडि बढेको तथ्याङ्कले प्रस्ट पारेको उनले जानकारी दिए ।

उनले पाश्र्वचित्रले प्रदेश सरकारले आगामी दिनमा नीति कार्यक्रम तथा बजेट निर्माण गर्न तथा विकास र समृद्धिको सूची तयार गर्न सही मार्गदर्शन प्राप्त भएको विचार व्यक्त गरे । मुख्यमन्त्री राईले केही दिन भित्रमा प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका उपलब्धि जनतासमक्ष सार्वजनिक गर्ने जानकारी दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले यथार्थताको धरातलमा उभिएर पाश्र्वचित्र तयार गर्न आयोगका सम्पूर्ण कर्मचारीको योगदान रहेको चर्चा गरे । आयोगका सदस्य पूर्ण लोक्सोमले पाश्र्वचित्रका बारेमा जानकारी दिँदै सोचमा नवीनता र कार्यमा जिम्मेवारिता बहन गर्न पाश्र्वचित्र महत्वपूर्ण हुने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप