शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा जग्गा नापजाँचको काम सुरु

आइतबार, ०४ असोज २०७७, १७ : २८
आइतबार, ०४ असोज २०७७

बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबास तथा भूमिहिनहरूको समस्यालाई दीर्घकालिन रूपमै सामधानको लगि पहल सुरु गरेको छ ।  

बुटवल उपमहानगरले अव्यवस्थित बसोबास तथा सुकुम्बासी जग्गाको लगत संकलन गर्दै सबैभन्दा धेरै अव्यवस्थित जग्गा रहेको क्षेत्र वडा नं. ११ मा अहिले दोस्रो चरणको जग्गा नापजाँचको काम सुरु गरिएको नगरप्रमुख  प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

बुटवलका करिब १६ हजार घरधुरीहरको लागत संकलन गरिसकिएको छ ।  कुन वडामा कति अव्यवस्थित बस्ती छन् भन्ने कुराको लगत संकलन सँगै अहिले दोस्रो चरणमा नापजाँचको काम अगाडि बढाएको नगरपालिकाले जनाएको छ । बुटवलका वडा नं. ११ बाट सुरु भएको जग्गा नापजाँच तथा अभिलेखिकरणको काम अब १९ वटै वडाहरूमा क्रमश हुने प्रमुख सुवेदीले बताए ।

संघीय सरकारले भूमिसम्बन्धी ऐनको आठौं संशोधन गर्दै शक्तिशाली आयोग गठन गरेको छ भने प्रदेश सरकारले भू–उपयोगितासम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पु¥याएको छ । यही बीचमा बुटवल उपमहानगरभरिका अव्यवस्थित बसोबास र सार्वजनिक जग्गाको नापजाँच एवम् अभिलेखिकरणका काम अगाडि बढाएपछि समस्या समाधानको काम प्रभावकारी हुने दावी सुवेदीले गरे ।

बुटवल उपमहानगरपालिकाले कार्यपालिका बैठकबाटै कार्यविधि बनाएर कानुन सम्मत रुपमा लगत संकलन र नापजाँचका काम सुरु गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप